Sagun Khabar
बैतडीमा मेयर कप क्रिकेट : आज फाइनल खेल हुँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा ४ र दनपा ५ को टोली आज भिड्दै  छन् । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा उपाधि भिडन्त हुने प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

दनपा १० लाई पराजित गर्दै दनपा ४ फाइनलमा प्रवेश गरेको हो भने दनपा ६ लाई पराजित गर्र्दै दनपा ५ फाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगितामा विजेता टोलीले नगद ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोश्रो हुने टीमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update