Sagun Khabar
बैतडीमा मेयर कपको उपाधि दनपा ४ ले जित्यो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालन भएको पाचौं मेयर कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका वडा नं ४ ले जितेको छ । आज भएको फाइनल खेलमा दनपा ५ लाई ५ विकेटले पराजित गर्दै दनपा ४ले उपाधि जितेको हो । उपाधिसंगै उसले ७५ हजार नगद सहित ट्रफी,मेडल र प्रमाण पत्र पाएको छ । दनपा ५ ले उपविजेतामा चित्त बुझाउँदै ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

निङ्गलाशैनी खेलमैदानमा आज भएको फाइनल खेलमा दनपा ५ ले टस जितेर पहिला ब्याटिङ गर्दै १६.१ ओभरमा अलआउट हुँदै १६.१ ओभरमा ८७ रन बनायो । ८८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ४ ले १०.४ ओभरमा ५ विकेटको नोक्सानीमा जित हात पार्यो । 

फागुन २५ गतेबाट शुरु भएको प्रतियोगिताको म्यान अफ द फाइनल दनपा ४ का हरिश कार्की भए । उनले प्रतियोगिता अवधिभर ३ विकेट लिनुका साथै ५२ रन बनाएका थिए । यस्तै प्रतियोगिता अवधिभर २ अर्धशतक सहित १९३ रन बनाएका दनपा ४ का प्रदीप चन्द बेस्ट ब्याट्सम्यान घोषित भएका छन् । यस्तै म्यान अफ द सिरिज उपाधि पनि दनपा ४ का प्रदीप चन्दले नै पाए । 

Atrya hospital

प्रतियोगिताका बिजेत तथा उपविजेताहरुलाई एक कार्यक्रमका बीच पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द लगायतले पुरस्कार वितरण गरे । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update