Sagun Khabar
बैतडीको सुर्नयामा अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले शुक्रबारदेखि तेश्रो अध्यक्ष कप मावि स्तरीय छात्र भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । सुर्नया गाउँपालिका वडा नं ७ स्थित भुवनेश्वर मावि चौथालीको खेलमैदानमा सञ्चालन भईरहेको प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत शुक्रबार दुईखेल सम्पन्न भएका छन् । पहिलो खेलमा रौलेश्वर मावि रामकी बरायलले केदार मावि कठमडालाई पराजित गरेको छ । यस्तै दोश्रो खेलमा राष्ट्रिय मावि फाटीगडाले कैलपाल मावि झाड्बोलाई पराजित गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले खेलाडीहरुको क्षमता अभिवृृद्धिका लागि गाउँपालिकाले भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । 

आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता हुने टीमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै दोश्रो हुने टीमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा तेश्रो हुने टीमले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने गाउँपालिकाका शिक्षा अधिकृत हिमांशु भट्टले बताए ।  
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update