Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : दनपा ६ को विजयी शुरुवात 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । नगर त्रिकेट समितिको आयोजना र दशरथचन्द नगरपालिकाको सहयोगमा क्रिकेट प्रतियोगिता शुरु भएको हो । 

महिला क्रिकेट प्रतियोगिताको उद्दघाटन खेलमा दनपा ६ ले विजयी शुरुवात गरेको छ । दनपा ६ ले दनपा ९ लाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

टस जितेर पहिला ब्याटिङ गरेको दनपा ९ ले २० ओभरमा ७ विकेटको नोक्सानीमा ८९ रन बनायो । उसका लागि लक्ष्मी जोशीले सर्वाधिक २२ रन बनाइन् । दनपा ६ की सञ्जु पेलाले तीन विकेट लिइन् । 

९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ६ले १० ओभर खेल्दै ३ विकेटको क्षतिमा जित हात पारेको हो । उसका लागि दिव्या कार्कीले ४५ रनको योगदान दिइन् । दनपा ९ की निकिता चन्दले १ विकेट लिइन् । सो खेलमा दनपा ६ की दिव्या कार्की ओमेन अफ म्याच घोषित भईन् । 

चैत ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले उद्दघाटन गरिन् । प्रतियोगिता उद्दघाटन गर्दै उनले महिला खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताले सहयोग पुर्याउने बताइन् । प्रतियोगिता उद्दघाटन समारोहमा बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update