Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : दनपा २ र दनपा ११ को विजयी शुरुवात 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा दनपा २ र दनपा ११ ले विजयी शुरुवात गरेका छन् । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा जारी प्रतियोगितामा दनपा २ ले दनपा ८ लाई पराजित गरेको हो भने दनपा ११ ले दनपा ४ लाई पराजित भएको हो । 

आज भएको पहिलो खेलमा दनपा ८ ले टस जितेर ब्याटिङ गर्दै ११.४ ओभरमा अलआउट हुँदै ५९ रन बनायो । उसका लागि सिन्धु भट्टले १६ रन बनाइन् । दनपा २ की वसन्ती बोहराले ४ विकेट र बविता बोहराले ३ विकेट लिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

६० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको दनपा २ ले ४ विकेटको नोक्सानीमा जित हात पार्यो । उसका लागि बबिता बोहराले नटआउट १७ रन बनाइन् । बलिङ तर्फ दनपा ८ की करिश्मा थापाले २ विकेट लिइन् । सो खेलमा दनपा २ की बबिता बोहरा ओमेन अफ द म्याच भईन् । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ११ ले दनपा ४ लाई १८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ११ ले २० ओभरमा ८ विकेटको नोक्सानी १५६ रन बनायो । उसका लागि निर्मला भण्डारीले ७१ रन बनाइन् । बलिङ तर्फ दनपा ४ की निशा भट्टले एक विकेट लिइन् । 

१५७ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको दनपा ४ ले २० ओभर खेली ५ विकेटको नोक्सानीमा १३८ रन मात्रै बनाउन सक्यो । उसका लागि दनपा ४ की सम्झना गुरुङले ३६ र निशा भट्टले ३२ रन बनाएपनि हार भने टार्न सकिनन् । बलिङ तर्फ दनपा ११ की कमला पूजाराले ३ विकेट लिइन् । उक्त खेलमा दनपा ११ की कमला भण्डारी ओमन अफ द म्याच भईन् । 

चैत ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update