Sagun Khabar
बैतडीको सुर्नयामा अध्यक्ष कप भलिबल प्रतियोगिता : राष्ट्रिय माविलाई उपाधि 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन भएको तेश्रो अध्यक्ष कप मावि स्तरीय भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि फाटीगडाले हात पारेको छ । भुवनेश्वर मावि चौथालीमा आज सम्पन्न भएको फाइनल खेलमा रौलेश्वर मावि रामकी बरायलले दोश्रो स्थान हात पार्यो भने केदार मावि कठमडाले तेश्रो स्थान प्राप्त गरेको छ । यस्तै कैलपाल मावि झाड्बोले सान्त्वना स्थान हात पारेको छ । 

प्रतियोगितामा विजेता हुने टीमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोश्रो भएको टीमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा तेश्रो हुने टीमले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको भने सान्त्वना स्थान प्राप्त गर्ने टीमले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

विजेता खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । 

समापन कार्यक्रममा सुर्नया गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवर, वडा नं १ का वडा अध्यक्ष गजेन्द्रबहादुर चन्द लगायतको सहभागिता रहेको थियो । वडा नं १ का वडा अध्यक्ष चन्दले विजेता टीमलाई नगद ३ हजार, दोश्रो हुने टीमलाई नगद २ हजार, तेश्रो हुने टीमलाई नगद १ हजार र अन्य सहभागी टीमहरुलाई ५ सयका दरले पुरस्कार प्रदान गरेका छन् । यस्तै वडा नं. ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवरले सबै टीमलाई ५ सयका दरले पुरस्कार प्रदान गरेका छन् । 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update