Sagun Khabar
बैतडीमा उपमेयर क्रिकेट : दनपा २ र दनपा ९ को जित 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा दनपा २ ले दनपा ४ लाई ८२ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा २ ले २० ओभर खेली ९ विकेटको नोक्सानीमा १६८ रन बनायो । उसका लागि मनिषा बोहराले सर्वाधिक ३४ रन बनाइन् । बलिङ तर्फ दनपा ४ की निशा भट्टले ४ विकेट लिइन् । 

१६९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ४ ले १९.२ ओभरमा अलआउट हुँदै ८६ रन मात्रै जोड्न सक्यो । उसका लागि निशा भट्टले २३ रन बनाइन् । बलिङ तर्फ दनपा २ की मनिषा बोहराले दुई विकेट लिइन् । सो खेलमा दनपा २ की मनिषा बोहरा ओमन अफ म्याच घोषित भइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ९ ले दनपा ५ लाई ११ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ९ ले २० ओभरमा १३२ रन बनायो । उसका लागि शान्ति पन्तले ३२ र मञ्जु जोशीले नटआउट १४ रन बनाइन् । बलिङ तर्फ दनपा ५ की निलम टमाटाले एक विकेट लिइन् । 

१३३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ५ ले २० ओभर खेल्दै १२२ रनमा समेटियो । उसका लागि उर्मिला रावलले ३२ रन बनाएपनि हार टार्न सकिनन् । बलिङ तर्फ दनपा ९ की मञ्जु जोशीले २ विकेट लिइन् । सो खेलमा दनपा ९ की मञ्जु जोशी ओमन अफ द म्याच घोषित भइन् । 

चैत ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update