Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : दनपा ६ र दनपा ९ सेमीफाइनलमा प्रवेश 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा दनपा ८ले दनपा ११ लाई ७ विकेटले पराजित गरेको छ । 

टस जितेर पहिला ब्याटिङ गरेको दनपा ११ ले १२ ओभरमा अलआउट हुँदै ४० रन मात्रै बनाउन सक्यो । बलिङ तर्फ दनपा ८ की जानबी मौनीले ४ विकेट लिइन् । ४१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ८ ले ७.२ ओभरमा ३ विकेटको क्षतिमा जित हात पार्यो । उसका लागि संगीता मौनीले नटआउट १० रन बनाइन् । सो खेलमा दनपा ८ की जानबी मौनी ओमन अफ द म्याच घोषित भइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ६ ले दनपा ५ लाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ५ ले १५.३ ओभरमा अलआउट हुँदै ४३ रन मात्रै बनाउन सक्यो । बलिङ तर्फ दनपा ६ की पूजा कार्की र दमयन्ती ओडले समान दुई÷दुई विकेट लिइन् । 

४४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ६ ले ६.३ ओभरमा एक विकेटको नोक्सानीमा जित हात पारेको छ । उसका लागि दमयन्ती ओडले नटआउट १३ रन बनाइन् । सो खेलमा दनपा ६ की दमयन्ती ओड ओमन अफ द म्याच बनिन् । 

जितसंगै दनपा ६ सेमीफाइनलमा प्रवेश गरेको छ भने दनपा ५ प्रतियोगिताबाट बाहिरएको छ । यस्तै दनपा ९ पनि सेमीफाइनलमा प्रवेश गरेको प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

चैत ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update