Sagun Khabar
बैतडीमा थपियो निषेधाज्ञा, प्रमुख जिल्ला अधिकारीद्वारा आदेश जारी 

बैतडी –बैतडीमा निषेधाज्ञाको अवधि थपिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै जेठ १७ गते सम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । 

यस अघि वैशाख २० गतेदेखि जेठ २ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञा १५ दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कोरोना भाईरसको संक्रमण अझै पनि तीव्र गतिमा फैलिरहेकोले निषेधाज्ञा थप गरिएको हो । 

जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश अनुसार जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । यसअघि खाद्य पसल, तरकारी पसल बिहान ७ बजेदेखि १० बजे सम्मको समय तोकिएकोमा आइतबारदेखि बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसैगरी बैंक तथा बित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीनदिन मात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । 
यसैगरी पूर्व स्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ । विकास निर्माणको हक भने सम्बन्धित योजनाको प्रमुखको सिफारिशमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लंघन गरिएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उल्लेख गरिएको छ । 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update