Sagun Khabar
सन्तोषप्रकाश जोशीको चुनाव चिन्ह ‘पुतली’

बैतडी –बैतडीको  डिलाशैनीमा स्वतन्त्र उम्मेदवारी  दिएका सन्तोषप्रकाश जोशीलाइ चुनाव चिन्ह पुतली प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले  उनलाइ आज चुनाव चिन्ह पुतली प्रदान गरेको हो । 

एमालेले टिकट नदिएपछि जोशीले स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गर्दै डिलाशैनीे गाउँपालिकाको अध्यक्ष पदका लागि वैशाख ११ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका उम्मेदवार गोपाल हमालले आँप चुनाव चिन्ह पाएका छन् । 


 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update