
बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनेकाहरुसंग नागरिकको अन्तरक्रिया गरिने कार्यक्रम सवाल–जवाफ बिहीबार बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालन हुने भएको छ ।
रेडियो निङ्गलाशैनीको आयोजनामा सनातन धर्म मावि खोचलेक बिहान ९ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय तहको नेतृत्वका लागि चुनावी मैदानमा रहेका उम्मेदवार र नागरिकको प्रत्यक्ष भिडियो अन्तरक्रिया गरिने रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए ।
उम्मेदवारहरुका आफ्ना एजेण्डा र नागरिकका प्रश्न सहित अन्तरक्रिया गरिने भएकाले कार्यक्रममा सहभागिताका लागि सबैसंग आग्रह समेत गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको ऐजेण्डा, कार्यक्रम र नागरिकका अपेक्षाका बिषयमा दोहोरो सम्वाद गर्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको हो ।