Sagun Khabar
नेपालले जिम्बावे 'ए' लाई हरायाे

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएकाे छ । 

जिम्बावे 'ए' ले दिएकाे एक सय ३७ रनकाे लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे 'ए' का लाेके जाेङ्गी र ब्रान्डन मभुताले एक/एक विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे 'ए' का तीन जना खेलाडी रन आउट भए । 

याेसँगै तीन खेलकाे शृङ्खला एक–एककाे बराबरीमा सकिएकाे छ । यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे । 

टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update