Sagun Khabar
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बैतडी आउँदै 

बैतडी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज बैतडी आउँदैछन् । नेकपा माओवादी केन्द्रले बैतडीको पुर्चौंडीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बैतडी आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट पुर्चौंडी नगरपालिकामा मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले बताए । 

पुर्चौंडीको हाटमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नका लागि दिउँसो १ बजे प्रचण्ड हाट आइपुग्ने बताइएको छ । चुनावी सभालाई सम्बोधन गर्नका लागि अध्यक्ष प्रचण्ड हिजो नै धनगढी पुगिसकेका छन् । 

पुर्चौंडीलाई नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । सो नगरपालिकामा आफ्नो जित सुनिश्चित गर्न उसले कसरत गरिरहेको छ । गएको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रले पुर्चौंडीमा मात्रै जित हासिल गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update