Sagun Khabar
नेकपा एस बैतडीका सचिव धानुक एमालेमै फर्किए 

बैतडी – नेकपा एकीकृत समाजवादी बैतडीका सचिव हर्कबहादुर धानुक एमालेमै फर्किएका छन् । पार्टी फुटेको बेला एकीकृत समाजवादीमा लागेका धानुक सोमबार एमालेमै फर्किएका हुन् । 

धानुकलाई एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, बैतडी सह–इन्चार्ज लिलाधर भट्ट लगायतले पार्टीमा प्रवेश गराएका हुन् । केही दिन अघिबाट एकीकृत समाजवादीसंग असन्तुष्ट रहेका धानुक एमालेमै फर्किएका हुन् । चुनावको मुखमै धानुक एमालेमा फर्किएपछि समाजवादीलाई भने घाटा लागेको छ । 

जिल्लाको पुर्चौंडी क्षेत्रका समाजवादीका नेता एमालेमा फर्किएपछि एकीकृत समाजवादीलाई घाटा लाग्ने देखिएको छ । २०४८ सालदेखि राजनितीमा सक्रिय रहेका धानुक बौद्धिक नेताको रुपमा समेत चिनिन्छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update