माओवादी अध्यक्ष प्रचण्ड बैतडी आएनन्
बैतडी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैतडी आउने भनिएपनि अन्तिमा आएर कार्यक्रम स्थगन भएको छ । प्रचण्डले जिल्लाको पुर्चौडी नगरपालिकाको हाटमा आयोजना गरिएको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रचण्ड सोमबार दिउँसो १ बजे पुग्ने कार्यक्रम भएपनि विविध कारणले उनी आउने कार्यक्रम स्थगन भएको माओवादी केन्द्रले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्ड आउने भनेर मञ्च समेत तयारी भईसकेको अवस्थामा उनी आउने कार्यक्रम स्थगित भएको हो ।
चुनावी प्रचारका लागि अध्यक्ष प्रचण्ड हिजो नै धनगढी आईपुगेका थिए । उनले आज कैलालीका विभिन्न ठाउँमा चुनावी सभालाई सम्बोधन गरेका छन् । बैतडीमा आउने भनेपनि अध्यक्ष प्रचण्ड नआएपछि खल्लो भएको नेता कार्यकर्ताहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्





