स्थानीय चुनावका लागि बैतडीमा आजदेखि सीमा बन्द हुने
बैतडी –स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका बैतडीका सीमा नाकाहरु आज मध्यरातीदेखि बन्द हुने भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि वैशाख ३० गते सम्म सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको भारतीले बताए । चुनावको अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । यो बिषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भईसकेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १०:१३
प्रतिक्रिया दिनुहोस्





