निर्वाचन सामग्री सहित मतदान केन्द्र तर्फ लागे कर्मचारी
बैतडी –स्थानीय तहको निर्वाचनका लागि बैतडीका २ सय ५ ओटै केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुग्ने क्रम जारी रहेको छ । धेरै जसो मतदान केन्द्रका लागि सोमबार नै कर्मचारी हिँडीसकेका छन् भने आज साँझ सम्म सबै ठाउँमा सामग्री सहित कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
२ सय ५ ओटै मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम समेत दिएर पठाएको उनले बताए ।
टाढाका मतदान केन्द्रका लागि सोमबार नै कर्मचारी हिँडीसकेका छन् भने नजिकका मतदान केन्द्रका लागि आज कर्मचारी गईरहेका उनले बताए ।
जिल्लामा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि २ हजार बढी सुुरक्षाकर्मी परिचालन गरिएको छ भने मदिरा सेवन र विक्रि वितरणमा रोक लगाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ ११:०५
प्रतिक्रिया दिनुहोस्





