Sagun Khabar
बैतडीका स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द 

बैतडी –कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएपछि बैतडीका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । अधिकांश कर्मचारी निर्वाचनमा खटिएपछि स्थानीय तहहरुले सूचना निकालेर अत्यावश्यक बाहेकका सेवा बन्द भएका जनाएका हुन् । 

जिल्लाको सुर्नया गाउँपालिकाले कर्मचारी निर्वाचनमा खटिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएको जनाएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए । 

जिल्लाको मेलौली नगरपालिकाले पनि केही दिन अघि सूचना प्रकाशन गरेर अत्यावश्यक बाहेकका सेवा दिन नसकिने जनाएको छ । कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएकाले सेवा बन्द भएका जनाइएको छ । 

पालिकाहरुमा मतगणना सम्पन्न नहुन्जेल सम्म अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update