Sagun Khabar
स्वतन्त्र उम्मेदवार बोहराले गरे कांग्रेसका उम्मेदवार  क्षेत्रीलाई समर्थन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुदर्शन बोहराले नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार धनबहादुर क्षेत्री (जगदीश) लाई समर्थन गरेका छन् । 

नेपाली कांग्रेसबाट टिकट नपाएपछि असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बोहराले अन्तिममा आएर कांग्रेसका उम्मेदवार क्षेत्रीलाई सहयोग र समर्थन गर्ने बताएका हुन् । 

आफ्ना शुभचिन्तक र कार्यकर्तालाई कांग्रेसका पक्षमा मत हाल्न समेत उनले आग्रह गरेका छन् । उनले भने ‘नेपाली कांग्रेसबाट फुटेर चुनावी मैदानमा जाँदा कांग्रेसलाई क्षति पुग्ने भएकाले मैले आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने घोषण गरेको हुँ ।’
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update