बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प
बैतडी – बैतडी सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयअनुसार १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भुकम्पबाट अहिले सम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १०:४८
प्रतिक्रिया दिनुहोस्





