Sagun Khabar
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै 

बैतडी –देशभरजस्तै बैतडीमा पनि मतदाता परिचय पत्र वितरणको काम भईरहेको छ । २ सय ५ ओटा मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण काम भईरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । 

जिल्लाभरी मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएकाहरुको मतदाता परिचय पत्र वितरणको काम भईरहेको उनले बताए । यो कार्य भोलि सम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । 

मतदान केन्द्रबाट मतदाताहरुलाई मतदाता परिचय पत्र वितरणको काम भईरहेको मेलौलीमा खटिएका सहायक मतदान अधिकृत नैनसिंह गोयलाले बताए । बैतडीमा १ लाख ४० हजार २०१ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update