Sagun Khabar
बैतडीमा नमूना मतदान सम्पन्न, एक भोट बदर 

बैतडी –शुक्रबार हुने पालिका चुनावमा बदरमतको संख्या कम होस भनेर जिल्ला निर्वाचन कार्यालय बैतडीले बुधबार नमूना मतदान सम्पन्न गरेको छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित निङ्गलाशैनी माविमा गरेको नमूना मतदानमा एक भोट मात्रै बदर भएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले बताए । 

निर्वाचनको आयोगको निर्देशन अनुसार नमूना मतदान सम्पन्न गरिएको फुयालले बताए । नमूना मतदानमा ७० भन्दा बढी मतदाताको सहभागिता रहेको थियो । ती मध्ये एक मत मात्रै बदर गएको उनले बताए । 

बदर मतको संख्यामा कमी ल्याउने, मतदानको तरीकाका बारेमा सिकाउने उद्देश्य सहित नमूना मतदान सञ्चालन गर्ने गरिएपनि जिल्लाको एक ठाउँमा मात्रै यो कार्यक्रम सञ्चालन गरिएको छ । यो पालिको चुनावमा मतदाता शिक्षा समेत सञ्चालन नभएकाले बदर मतको संख्या बढ्न सक्ने आँकलन गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update