Sagun Khabar
आज पनि मतदाता परिचय पत्र वितरण कार्य जारी 

बैतडी –भोलि हुने स्थानीय तह निर्वाचनका लागि बैतडीमा पनि मतदाता परिचय पत्र वितरणको काम जारी रहेको  छ । हिजो देखि  २ सय ५ ओटै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण काम भईरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । 

जिल्लाभरी मतदाता नामावलीमा नयाँ नाम दर्ता गराएकाहरुको मतदाता परिचय पत्र वितरणको काम भईरहेको उनले बताए । 

यो कार्य आज पनि  जारी रहेको सुर्नयामा खटिएका मतदान अधिकृत डम्बर धामीले बताए  । मतदान केन्द्रबाट मतदाताहरुलाई मतदाता परिचय पत्र वितरणका साथै  मतदाता शिक्षा पनि दिइरहेको उनले बताए । 

बैतडीमा १ लाख ४० हजार २०१ मतदाता रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update