Sagun Khabar
बैतडीमा १४ महिला मतदान अधिकृत

बैतडी– बैतडीमा १४ जना महिला कर्मचारीहरुलाई मतदान अधिकृतको  जिम्मेवारी दिइएको छ । भोलि शुक्रबार हुने स्थानीयतहको निर्वाचनका लागि बैतडीमा १४ जना महिला कर्मचारीहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लाका ६ स्थानीयतहका १४ मतदान केन्द्रमा महिलाहरु मतदान अधिकृत रहेका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जनाकरी दिए । 

उनका अनुसार दशरथचन्द नगरपालिकाभित्र रहेका मतदान केन्द्रमा ४ जना महिला मतदान अधिकृत छन् । यस्तै पाटन नगरपालिकामा २ जना, मैलोली नगरपालिकामा २ जना , सुर्नया गाउँपालिकामा ३ जना,शिवनाथ गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा १ जना महिला मतदान अधिकृत रहेका छन् । 

बैतडीमा २ सय ५ ओटा मतदान केन्द्र कायम गरिएका छन् । १४ मतदान केन्द्रमा महिला अधिकृत छन् भने बाँकीमा पुरुष मतदान अधिकृत रहेका बताइएको छ । मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसैगरी जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update