बैतडी –भोलि हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका मतदानस्थल तथा केन्द्रहरुमा बुथ बनाउने काम धमाधम भईरहेको छ । भोलि बिहान ७ बजेदेखि मतदान हुने भएकाले बुथ निर्माणको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका २०५ ओटै मतदानकेन्द्रमा बुथ निर्माणको काम भईरहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । जिल्लाका २०५ ओटा मतदान केन्द्रमा १ हजार १८ कर्मचारी खटिएका छन् भने ६ सय १५ जना स्वयंसेवक खटिएका छन् ।
मतदान केन्द्रमा बुथ बनाउने काम भईरहेको मेलौलीमा खटिएका सहायक मतदान अधिकृत नैनसिंह गोयलाले बताए । सुरक्षाकर्मी, कर्मचारी स्वयंसेवक मतदानकेन्द्रमा बुथ निर्माणको काममा जुटेका उनले बताए ।
मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम भईरहेको हो । जिल्लाका सबै ठाउँमा बुथ निर्माणको काम धमाधम भईरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।






