Sagun Khabar
कोरोना कहर : विकास निर्माणका काम प्रभावित 

बैतडी –जिल्लाको एकमात्र प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ —श्रीभावर सडकखण्डको काम अहिले रोकिए जस्तै भएको छ । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रेका लागि काम भईरहेको सो सडक खण्डमा कोरोनाका कारण काम अघि बढाउन सकिएको छैन् । सोही खण्डको श्रीभावर देखि हाट सम्मको ८ किलोमिटर कालोपत्रे गर्ने कार्यमा समेत बाधा पुगेको छ ।

‘योजनाहरुमा काम गर्ने कामदार नै पाइएका छैनन् । निर्माण सामग्री महंगो भएको छ । निर्माण कम्पनीहरुले काम गर्न सहज वातावरण छैन् भनिरहेका छन् ।’पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले भने, ‘कोरोनाका कारण विकास निर्माणका काममा ठूलो बाधा पुगेको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा चालु आर्थिक बर्षमा ५५ ओटा सडक निर्माणका काम भईरहेका भएपनि कोरोनाका कारण योजनाहरु प्रभावित भएका पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । जिल्लामा सञ्चालित ठूला योजनाहरु समेत कोरोनाले प्रभावित भएका उनले सुनाए ।

जिल्लाको प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ –श्रीभावर सडक खण्डको काम पनि कोरोनाकै कारण प्रभावित भएको छ ।

यस्तै पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाण्डौं–गिरेगडा,गण्न्ना–गनैखान लगायतका ठूला योजनाहरु बढी प्रभावित भएका कार्यालय प्रमुख जोशीले बताए । 

कोरोना कहरले बहुबर्षीय योजनाहरुको काम समयमै सम्पन्न गर्न ढिलाई हुने उनले बताए । विकास निर्माणका योजनाहरुका लागि आवश्यक निर्माण सामग्री पाउन कठीनाई भएको छ भने मजदुर पाउन पनि कठीनाई भईरहेको बताईएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update