Sagun Khabar
बैतडीमा शनिबार ५३ जनाले कोरोना जिते

बैतडी –बैतडीमा एकैदिन ५३ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका संक्रमति मध्ये ५३ जनाले शनिबार कोरोना जितेर डिस्चार्ज भएका स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन्  । शनिबार बैतडीमा संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको उनले बताइन् । 

यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १ हजार ५१ पुगेको छ । कुल संक्रमित १ हजार ९७४ जना मध्ये १ हजार ५१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

शनिबार बैतडीमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार साँझ जिल्ला अस्पतालले सार्वजनिक गरेको रिपोट अनुसार दशरथचन्द नगरपालिकाका ५, पाटन नगरपालिकाका ४, दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका २÷२ र सिगास गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै एन्टीजेन विधिबाट परीक्षण गर्दा सुर्नया गाउँपालिकाका २ र दोगडाकेदारका थप एकजनामा कोरोना पुष्टि भएको छ । 

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९१० पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६४ जना, पाटन नगरपालिकामा २१७ जना, सिगास गाउँपालिकामा १०१ जना, सुर्नया गाउँपालिकामा ५२ र मेलौली नगरपालिकामा ५० जना रहेका छन् । 

यस्तै पुर्चौंडी नगरपालिकामा २९, दोगडाकेदार गाउँपालिकामा २३, पञ्चेश्वर गाउँपालिकामा २३, डिलाशैनी गाउँपालिकामा १८ र शिवनाथ गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अन्य ठाउँका १८ जना सक्रिय संक्रमित बैतडीमा रहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update