Sagun Khabar
सुदूरपश्चिम प्रदेश सरकारबाट बैतडीका कुन स्थानीय तहलाई कति बजेट ? 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीका स्थानीय तहमध्ये प्रदेश सरकारबाट सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाले अनुदान प्राप्त गर्ने भएको छ । आगामी आर्थिक बर्षका लागि अन्तर सरकारी हस्तान्तरणबाट पुर्चौंडी नगरपालिकाले २ करोड २६ लाख ८८ हजार अनुदान पाउने भएको हो । यस्तै मेलौली नगरपालिकाले २ करोड २३ लाख १ हजार, पाटन नगरपालिकाले १ करोड ७६ लाख ७२ हजार र दशरथचन्द नगरपालिकाले १ करोड ५४ लाख १६ हजार अनुदान पाउने भएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकाले १ करोड ६९ लाख ७७ हजार, दोगडाकेदार गाउँपालिकाले १ करोड ४६ लाख ९२ हजार, सुर्नया गाउँपालिकाले १ करोड २४ लाख ७९ हजार, सिगास गाउँपालिकाले १ करोड १२ लाख १४ हजार,शिवनाथ गाउँपालिकाले १ करोड ४ लाख १८ हजार  र डिलाशैनी गाउँपालिकाले ९७ लाख १७ हजार अनुदान पाउने भएको छ । 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update