Sagun Khabar
मकैमा अमेरीकन फौंजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा मकैमा अमेरीकन फौंजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं २, ४ र ५ मा अमेरीकन फौंजी किराको प्रकोप देखिएको किसानहरुले बताएका छन् । 

गर्मीका कारण मकैमा फौंजी किराको प्रकोप बढेको र बर्षा शुरु भएमा केही कम हुन सक्ने दोगडाकेदार गाउँपालिकाका कृषि प्राविधिक रामबहादुर बिष्टले बताए र अमेरीकन फौंजी किराको प्रकोप देखिएका ठाउँमा औषधि सहित प्राविधिकहरु खटिएको उनले बताए । 

पछिल्ला केही बर्ष यता मकैमा अमेरीकन फौंजी किराको प्रकोप देखिन थालेपछि यसको उत्पादनमा समेत ह्रास आउने गरेको छ । अमेरीकन फौंजी किराको प्रकोप नियन्त्रणका लागि जैविक बिषादी र रासायनिक बिषादीको प्रयोग गर्न सकिने प्राविधिकहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update