Sagun Khabar
भारतीय राजदूतावासले दियो बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स  

बैतडी- भारत सरकारले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स  प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ स्थित आधारभूत स्वास्थ्य चौकी न्वादेउलाइ एम्बुलेन्स प्रदान गरेको स्वास्थ्यचौकीका  अहेब रोहित कुमार  धानुकले  जानकारी  दिए ।

वडा  अध्यक्ष खगेन्द्र बोहरा  र आफुले आइतबार एम्बुलेन्स बुझेका उनले बताए । स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्राप्त भए संगै अब  बिरामीलाइ  अस्पताल सम्म लैजान सहज हुने  भएको   छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिका एम्बुलेन्स विहिन रहेकाबेला नेपालमा रहेको भारतीय राजदूतावासबाट  एम्बुलेन्स उपलब्ध भएकाले  अब सहज हुने   वडा नं  ३ का अध्यक्ष खगेन्द्र बहादुर  बोहराको   भनाइ छ ।   पुर्चौडी  नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा  परेर  बिग्रिएको  भएपनि हालसम्म बनेको छैन्  ।

नेपालका विभिन्न जिल्लालामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको  भारतीय राजदूतावासले   बैतडीको  न्वादेउ स्वास्थ्य चौकीलाइ  एम्बुलेन्स  प्रदान गरेको  हो । 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update