Sagun Khabar
स्वास्थ्य मापदण्डमा लापरवाही 

कोरोना भाईरसको जोखिम कायम रहेको भएपनि पछिल्लो समयमा स्वास्थ्यका मापदण्डमा भने लापरवाही भईरहेको छ । बैतडी सदरमुकाम सहित सबै ठाउँमा स्वास्थ्यका मापदण्डमा लापरवाही गरेको पाइएको छ । कोरोनाको दोश्रो लहरको जोखिम रहेकाले सरकारले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको भएपनि स्वास्थ्यका मापदण्ड भने पालना नगरेको पाइएको हो । पछिल्लो समयमा धेरैले मास्कको प्रयोग गर्न छाडेका छन् ।

 कोरोना केही होइन भन्दै खेलाँची गरिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । पछिल्लो समयमा कोरोनाको जोखिमका बिषयमा नागरिकहरुले खेलाँची गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । छिमेकी देश भारतमा कोरोनाको दोश्रो लहर फैलिसकेकाले नेपालमा पनि जोखिम रहेको उनले बताए । कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उहाँले जोड दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मास्क लगाउने, साबुनपानीले बेलाबेलामा हात धुने अथवा सेनेटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने कुरामा सबैले सचेत हुनुपर्ने भएपनि पछिल्लो समयमा यसको पालना भएको पाइदैन् । 

सरकारले स्वास्थ्य मापदण्ड परिपालना गर्न भनेपनि सरकारकै मन्त्रीहरु भीडभाडका कार्यक्रम गरिरहेकाले सर्वसाधारणलाई मात्रै आदेश दिन नमिल्ने दशरथचन्द नगरपालिका १ मानबहादुर टेरले बताए । सरकारका मन्त्री, सांसद सहभागी कार्यक्रममै ठूलो भीड हुने गरेको उनले बताए । उनले भने ‘स्वास्थ्यका मापदण्डका सरकारका मन्त्रीहरुले नै पालना गरेका छैनन् । मन्त्रीहरु भीडभाडका कार्यक्रममा सहभागी हुन्छन् । यसको सर्वसाधारणमा समेत प्रभाव परेको छ ।’ 
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update