Sagun Khabar
धनगढीका मेयर हमालले आफू चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिकका लागि दिए

धनगढी - धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले प्रमुखले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई प्रदान गरेका छन्। नगर प्रमुख हमालले आफू नीजि गाडी नै प्रयोग गर्ने भन्दै सरकारी गाडी स्वास्थ्य शाखालाई प्रदान गरेका हुन्। 

नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए। वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरका प्रमुखले चढ्ने गाडी तयार गरी एक समारोहका बीच श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई हस्तान्तरण गरे।

स्वास्थ्य सन्देश
Atrya hospital

उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षणसँगै ल्याव सेवा, अल्ट्रासाउन्ड र इसिजी सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भएको छ।

उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ। साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने नगर प्रमुख गोपाल हमालले बताए।

‘ हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तर्गत वडा क्लिनिकमा उपचारसँगै सबै किसिमका औंषधि पनि निःशुल्क प्रदान गर्ने योजना रहेको बताए।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update