Sagun Khabar
बैतडीमा जेठ मसान्त सम्म निषेधाज्ञा जारी रहने 

बैतडी –बैतडीमा निषेधाज्ञाको अवधि थपिने भएको छ । कोरोनाको दोश्रो लहर आएपछि अब तेश्रो पटक निषेधाज्ञाको अवधि थपिने तयारी भएको हो । बिहीबार बसेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते सम्म निषेधाज्ञा लम्ब्याउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको हो । 

जिल्ला कोभीड व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा निषेधाज्ञाको अवधि थपिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थप्ने तयारी भएको उनले बताए । उनले भने ‘अहिले संक्रमणदर केही घटेको छ । तर संक्रमणको जोखिम कायमै छ । त्यसैले निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको हो ।’

अहिले जेठ १७ गते राती १२ बजेसम्म पहिलाको आदेश अनुसार निषेधाज्ञा जारी रहेको र १७ पछि अर्को आदेश जारी हुने सूचना अधिकारी भारतीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै कोरोना संक्रमितको उपचार र व्यवस्थापन गर्न संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टे«सिङ गरी कोरोना परीक्षणलाई निरन्तरता दिने निर्णय समितिको बैठकले गरेको छ । 

यस्तै महामारीको समयमा हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गर्ने कार्यलाई निरन्तरता दिने र स्थानीय तहहरुले पनि बजार अनुगमन गरि जिल्ला कोभीड व्यवस्थापन समितिका प्रतिवेदन पठाउनुपर्ने निर्णय भएको छ । ‘कालोबजारी नियन्त्रण गर्न, अखाद्य खाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउन स्थानीयस्तरमा अनुगमन जरुरी छ । हामीले स्थानीय तहहरुलाई अनुगमन गर्न भनेका छौं ।’सूचना अधिकारी भारतीले भने, ‘स्थानीय स्तरमा अनुगमन गरेर प्रतिवेदन जिल्ला कोभीड व्यवस्थापन समितिमा पठाउनुपर्ने निर्णय गरेका छौं ।’

यसैगरी होम आइसोलेसनमा बसीरहेका संक्रमितहरुको स्वास्थ्य अवस्था नियमित रुपमा अनुगमन गर्ने, जिल्ला कोभीड व्यवस्थापन समितिलाई बजेटको आवश्यकता भएमा स्थानीय तहहरुले सहयोग गर्नुपर्ने निर्णय पनि भएको छ । 

प्रत्येक पसलहरुमा अनिवार्य मूल्यसूची राख्न लगाउनका लागि उद्योग वाणिज्य संघले पहल गर्नुपर्ने निर्णय भएको सूचना अधिकारी भारतीले बताए । 

यस्तै बैतडीको खोड्पेमा आइसोलेसन केन्द्र बनाउने र त्यसको पूर्वाधार निर्माणका लागि सबै पालिकाहरुले सहयोग गर्नुपर्ने निर्णय भएको छ । खोड्पेमा हेल्थ डेस्क स्थापना गरी जिल्ला भित्रिनेहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने र पोजेटिभ आएमा सो आइसोलेसनमा केन्द्रमा संक्रमितहरुलाई राखिनेछ । 

यस्तै पाटन नगरपालिकाको अनारखोलीमा रहेका सडक डिभिजन कार्यालयका भवनलाई कोभीड अस्पताल बनाउने र त्यसका लागि १ करोड पचास लाख बजेट विनियोजन गर्न केन्द्र र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत समितिको बैठकले गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update