Sagun Khabar
भारतको हैदराबादमा भएको भलिबलको उपाधि  आयोजकले चुम्यो 

बैतडी- भारतको  हैदराबादमा भएको भलिबल प्रतियोगिताको उपाधि अयोजकले  जितेको   छ । सहभागि सबै टिमलाई पाखा लगाउँदै  आयोजक पत्तालभुवनेश्वर युवा जागरण मञ्चले भलिबल प्रतियोगिताको उपाधि हात पारेको पत्तालभुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष  विनोद विष्टले जानकारी दिए ।

यस्तै माधवपूर उपविजेता बनेको छ । उपाधिसँगै आयोजक पत्तालभुवनेश्वर युवा जागरण मञ्चले १४ हजार तथा उपविजेता बनेको माधवपूरले ७ हजार  हात पारेको छ । प्रतियोगिताको तृतिय स्थान सेकेन्द्रबादले जितेको छ । जित संगै उसले ४ हजार सहित मडेल प्राप्त गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 यस्तै प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी मन्थन धामी र राम्रो सटर डोटीको  बडिकेदारका सम्शेर सुनार र  राम्रो ब्लकर सुर्नया २ का चक्र विष्ट भएका छन् । भारतको हैदराबादमा भलिबल प्रतियोगिता सम्पनन भएको  हो ।  पत्ताल भुवनेश्वर युवा जागरण मञ्च र तेलङ्खना नेपाली संगमको संयुक्त आयोजनामा जुलाइ १९   बाट भारतको हैदराबाद स्थित माधबपूर थर्ड फेसमा सञ्चालनभएको भलिबल प्रतियोगता मंगलबार  राती सम्पन्न भएको   हो ।

सामाजिक अभियान्ता भोज राजा जोशी क्वालीटिको  प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएका हो । सबै नेपालीहरु संग सुमधुर सम्बन्ध कायम होस् र आपसि भाइचारा भातृत्व प्रगाढ बनोस भनेर प्रतियोगिताको आयोजना गरिएको थियो ।

खेलले सबैलाइ एक ठाउँमा भेला गराएको  र यसबाट नेपाली नेपाली  बिचको सम्बन्ध अझ सुमधुर भएको  पत्तालभुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष विष्टको  भनाई  छ ।

 पत्ताल भुवनेश्वर युवा जागरण मञ्च बैतडीको  सुर्नया २ का युवाहरुले गठन गरेको समूह हो । यो समूले समाजिक कामका साथै  विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको  छ ।

No description available.No description available.

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update