Sagun Khabar
नौगाड नदीमा खसेर दार्चुलाकी एक महिला बेपत्ता 

दार्चुला –दार्चुलाको नौगाडमा नदीमा खसेर एक महिला बेपत्ता भएकी छन् । नौगाड गाउँपालिका वडा नम्बर १ को साङपाङ क्षेत्रस्थित नौगाड नदीमा खसेर एक स्थानीय अन्दाजी ३२ बर्षीया अनितादेवी ठगुन्ना नदीमा बेपत्ता भएकी हुन् । 

घर नजिकैको गोधानी जंगलमा घाँस काट्ने बेला उनी नौगाड नदीमा खसेर बेपत्ता भएकी हुन् । बिहान साढे आठ बजेतिर जंगलमा घास काटीरहेकी ठगुन्ना खसेर नौगाड नदीमा परेकी थिइन् । 

बेपत्ता महिलालाई खोज्न दल्लेखबाट प्रहरी टोली खटिएको भए पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update