Sagun Khabar
बैतडीमा दोश्रो संस्करणको पिपिएल क्रिकेट असोजमा 

बैतडी – दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ ।

बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुनेले पुरस्कारबापत ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउनेछन् । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कारस्वरुप ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए । 

बेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । 

प्रतियोगितामा देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन् र प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गतेसम्म टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल १५ ओभरका हुनेछन् भने क्वार्टरफाइनलपछिका खेलहरू २० ओभरमा खेलाइने जनाइएको छ । प्रतियोगिता आयोजनामा  बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update