Sagun Khabar
बैतडीको पञ्चेश्वरमा उपाध्यक्षको कोसेली कार्यक्रममा अनियमितता 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ मा उपाध्यक्षको कोसेली कार्यक्रम अन्तर्गत खरीद भन्दा कम वितरण गरेको पाइएको छ । गाउँपालिकाले ३२० थान विभिन्न सामग्री खरीद गरेको भएपनि २५७ थान मात्रै वितरण गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

गाउँपालिकाले सो कार्यक्रम अन्तगर्त ९८ हजार १३४ रुपैैंया बराबरको बढी सामग्री खरीद गरेको देखिएको हो । यस्तै गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ मा वितरण गर्नुपर्ने सामग्री आर्थिक बर्ष २०७७÷७८ मा वितरण गरेको पाइएको छ । 

प्रतिवेदनमा त्यसरी वितरण गरिएको सामग्रीको १ लाख ४६ हजार ४२२ रुपैंया अनियमित रहेको उल्लेख गरिएको छ । 

आर्थिक बर्ष २०७६÷७७ को कोसेली आर्थिक बर्ष २०७७÷७८ मा वितरण गरिएको उल्लेख छ । सो सामग्री महाकाली स्वास्थ्यचौकीमा ५० मध्ये २१ र आम्चौरा स्वास्थ्यचौकीमा ७३ जनालाई पुरानो सामग्री वितरण गर्ने उल्लेख गरिएको छ ।  
ttttt1659951054.PNG

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्