Sagun Khabar
तीन बर्षीय छोराको हत्या आरोपमा बैतडीका एकजना पक्राउ 

बैतडी – आफ्नै तीन बर्षीय छोराको हत्याको आरोपमा बैतडीका एकजना पुरुष पक्राउ परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं घर भइ हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बरबहादुर बोहरा पक्राउ परेका हुन् । 

उनी घरबाट साउन १६ गते ३ वर्षीय छोरालाई लिएर फरार भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । नाबालकको खोजीका लागि आफन्तले निवेदन दिएपछि बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । 

बोहरालाई सोधपुछपछि उनले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update