Sagun Khabar
८० र ८२ बर्षका दुई जना वृद्ध सहित बैतडीमा थप ६ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार ८० र ८२ बर्षका दुईजना वृद्ध सहित थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकका अनुसार शुक्रबार दशरथचन्द नगरपालिकाका ३ जना, पुर्चौंडी नगरपालिकाका एक जना र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

झुलाघाट नाका र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । यो संगै बैतडीमा सक्रिय संक्रमितको संख्या ५१ पुगेको छ । 

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २४ जना, पुर्चौंडी नगरपालिकामा ६ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना र सुर्नया गाउँपालिकामा एक जना रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका १७ जना सक्रिय संक्रमित रहेका छन् । 

कोरोना संक्रमणको जोखिम दिनानुदिनु बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update