Sagun Khabar
महाकाली नदीमा बगेर बैतडीका दुई किशोरी बेपत्ता 

बैतडी –महाकाली नदीमा नुहाउने क्रममा बगेर बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । दशरथचन्द नगरपालिका ८ की १५ बर्षीया संगीता टमाटा र सोही ठाउँकी १६ बर्षीया कविता टमाटा बगेर बेपत्ता भएका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 

शुक्रबार दिउँसो १ बजेतिर महाकाली नदी किनार मौरा  भन्ने ठाउँबाट उनीहरु नुहाउने क्रममा बगेको जानकारी प्राप्त भएको भारतीले बताए । घटना दिउँसोको भएपनि ढिलो जानकारी आएको बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । घटनाका बिषयमा जानकारी लिनका जिल्ला प्रशासनको टोली पनि घटनास्थलमा खटिएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update