Sagun Khabar
संविधान दिवसको अवसरमा बैतडीमा टेबल टेनिस प्रतियोगिता 

बैतडी –संविधान दिवसको अवसरमा बैतडीमा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको प्रांगणमा भएको प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो । सो प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान चक्र कुँवरले प्रथम स्थान हासिल गरेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनलाई नगद एक हजार सहित सम्मान गरिएको छ । सो प्रतियोगितामा कर्मचारीहरुको मात्रै सहभागिता रहेको थियो । 

यस्तै दिवसको अवसरमा पाटनमा ब्याडमिन्टन प्रतियोगिता भइरहेको छ । संविधान दिवसको अवसरमा भोलि प्रभातफेरी सहित मन्दिरहरुमा सरसफाई कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

बिहान जगन्नाथ मन्दिर र त्रिपुरासुन्दरी भगवती मन्दिरमा सरसफाई कार्यक्रम, गढीमा शहीद दशरथचन्दको शालिकमा माल्यार्पण कार्यक्रम र पछि अन्तरक्रियाको आयोजना गरिने बताइएको छ । 

यस्तै दिवसको अवसरमा भोलि साँझ सबै सरकारी कार्यालयहरुमा दीप प्रज्वलन कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update