Sagun Khabar
संविधान दिवसको अवसरमा बैतडीको खोड्पे बजारमा सरसफाइ 

बैतडी –संविधान दिवसको अवसर पारेर आज बैतडीको खोड्पे बजारमा सरसफाइ गरिएको छ । पाटन नगरपालिका वडा नं ८ को कार्यालयको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए । 

सरकारले तीन दिन संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्देशन दिएकाले खोड्पे बजार र आसपासका क्षेत्रमा सरसफाई गरिएको उनले बताए । 

सरसफाई कार्यक्रममा जनप्रतिनिधि, व्यापारी, सुरक्षाकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update