आज सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना
बैतडी – आज सुदूरपश्चिमका एक ÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । सुदूरपश्चिमका साथै गण्डकी र लुम्बिनी प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिमका केही ठाउँमा भारी बर्षाको सम्भावना रहेको छ । आज राति पनि सुदूरपश्चिमका एक ÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावाना रहेको छ ।
अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । गण्डकी र लुम्बिनीका पनि केही ठाउँमा ठूलो बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ ०८:४९
प्रतिक्रिया दिनुहोस्




