Sagun Khabar
बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु 

बैतडी –बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका १ लेककी १५ बर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् । 

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उनले बताइन् । आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । 

बर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किँदा अन्य दुई जना समान्य घाइते भएका छन् । स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत पूजाको च्यापिएर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । 

पीडित परिवारलाई पालिकाका तर्फबाट राहत उपलब्ध गराउने उपाध्यक्ष भट्टले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update