बैतडीको सुर्नयामा असोज ६ गते शोक बिदा
बैतडी –बैतडीको सुर्नया गाउँपालिका असोज ६ गते गाउँपालिकाभरी शोक बिदा दिएको छ । गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएकाले ६ गते शोक बिदा दिइएको गाउँपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
सो दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सरकारी तथा गैरसरकारी निकायमा शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
यही असोज १ गते सुर्नया गाउँपालिका ५ घर भएका गाउँकार्यपालिका सदस्य प्रेमे लुहारको निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १५:३८
प्रतिक्रिया दिनुहोस्




