Sagun Khabar
म्यानमारकाे विद्यालयमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाकाे ज्यान गयाे
स्वास्थ्य सन्देश
Atrya hospital

उत्तर–मध्य म्यानमारमा रहेकाे एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको ज्यान गएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् । 

म्यानमारमा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गएकाे शुक्रवार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो । 

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा सहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ । राष्ट्र सङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भिषण कारबाही गरेको छ जहाँ कैयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झन्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update