इन्टरनेट समस्याका कारण बैतडीमा ई–राहदानी सेवा बन्द
बैतडी –इन्टरनेट समस्याका कारण जिल्ला प्रशासन कार्यालयले ई–राहदानी सेवा बन्द भएको जनाएको छ । ई–राहदानी इनरोलमेन्ट तथा ई–राहदानी सर्भर कनेक्सनमा समस्या आएकाले ई–राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राहदानी विभागबाटै ई–राहदानी सेवामा समस्या आएको जानकारी भएकाले सूचना प्रकाशन गरेर ई–राहदानी सेवा बन्द भएको जानकारी दिइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए ।
ई–राहदानी सेवामा मंगलबारदेखि समस्या आएकाले अर्को सूचना नआउन्जेल सम्मका लागि ई–राहदानी सेवा बन्द भएको प्रशासनले जनाएको छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति स्थानीय प्रशासनले क्षमा समेत मागेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १४:३१
प्रतिक्रिया दिनुहोस्




