Sagun Khabar
एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भट्टले फिर्ता गरे गाडी र ल्यापटप

बैतडी –नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक लिलाधर भट्टले सुविधा बाफत पाएको गाडी बुधबार फिर्ता गरेका छन् । 

प्रमुख सचेतक भट्टका स्वाकीय सचिव परमानन्द भट्टले सुविधा बाफत पाएको सु प प्र ०१ ००१ ०४३४ नम्बरको स्कारपियो जिप बुधबार प्रदेश सभा सचिवालयमा स्टोर हेर्ने अधिकृत युवराज जैशीलाई बुझाएका हुन् । 

प्रदेश सभा सदस्य भट्टले सचिवालयमा सुविधा बाफत दिइएको ल्यापटप पनि फिर्ता गरेको सचिवालयका सूचना अधिकारी समेत रहेका अधिकृत जैशीले बताए । 

बैतडी प्रदेश सभा क्षेत्र नं.(ख)बाट निर्वाचित भट्ट आसन्न निर्वाचनमा पनि उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले सर्वसम्मत रुपमा प्रदेश सभा क्षेत्र (ख)का लागि उम्मेदवार सिफारिश गरेको छ । उनी अहिले चुनाव केन्द्रित भेटघाटमा व्यस्त रहेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update