कांग्रेस सुदूरपश्चिमका सभापति बलायर कैलाली– ४ बाट चुनाव लड्ने,आलेलाई सहज
बैतडी –नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन् । उनी गृहजिल्ला डोटी छाडेर कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न लागेका हुन् ।
प्रदेश सभापति बलायर कैलाली–४ बाट निर्वाचन लड्न तयार भएका बालुवाटार निकट स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार उनलाई बालुवाटारले कैलाली–४ बाट निर्वाचन लड्ने तयारी गर्नसमेत भनिसकेको छ । यसअघि बलायर डोटीबाट निर्वाचन लड्ने भनिरहेका थिए ।
तर, सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि डोटीबाटै लड्ने आकांक्षा राखेपछि उनलाई कैलाली–४ ल्याउने तयारी गरिएको हो । आले २०७४ सालको निर्वाचनमा डोटीबाट प्रतिनिधि सभामा विजयी भएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १८:०८
प्रतिक्रिया दिनुहोस्




