Sagun Khabar
बैतडीको सुर्नयामा स्थानीय पाठ्यक्रम लागू 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्र २०७९÷८० देखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

गाउँकार्यपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम स्वीकृत गरेकाले कक्षा १ देखि ३ सम्म यसै बर्षदेखि स्थानीय पाठ्यक्रम लागू भएको उनले बताए । स्थानीय पाठ्यक्रम लागू गर्ने नीति अनुसार पालिकाले पाठ्यक्रम निर्माण गरेको अवस्थीले बताए । 

पाठ्यक्रममा स्थानीय कला, संस्कृति, भेषभुषा, प्राकृतिक सम्पदा, धार्मिक सम्पदा, चाडपर्व,चालचलन आदि समेटिएको अवस्थीले बताए । यस्तै पाठ्यक्रममा योग शिक्षा समेत समेटिएको उनले बताए । 

चालु शैक्षिक सत्रमै कक्षा ४ देखि ८ सम्मको पनि स्थानीय पाठ्यक्रम तयार पार्ने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । उनले भने ‘आधारभूत तहमा स्थानीय सरकारहरुले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्न सकिने प्रावधान छ । सोही अनुसार हामीले स्थानीय पाठ्यक्रम निर्माण गरेका हौं ।’

पाठ्यक्रम निर्माण समितिले कक्षा चारदेखि कक्षा आठ सम्मको पाठ्यक्रम निर्माणको तयारी गरीरहेको उनले बताए । चालु शैक्षिक सत्रमा पाठ्यक्रम निर्माण गरेर आगामी शैक्षिक सत्रमा लागू गरिने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update